कोरियाली कम्पनीबाट पथरीशनिश्चरेको विकासमा सघाउने 

  पथरीशनिश्चरे, ६ फागुन दक्षिण कोरियाली कम्पनीले मोरङको पथरीशनिश्चरे नगरपालिकाको विकासमा चासो देखाएको छ । भ्रमण वर्षको कार्यक्रमको समेत सन्दर्भमा कोरयाली कम्पनी डेउका तर्फबाट गिल हो सङको नेतृत्वको प्राविधिक सहितको १४ जनाको टोलीले आज पथरीशनिश्चरे नगरपालिका कार्यालयमा भेटघाट तथा छलफलपछि पथरी बजार र सिमसार क्षेत्रको अवलोकन गरेको छ । स्थानीय

मेचीमहाकाली मोटरसाइकल यात्राको समापन

पथरीशनिश्चरे, २ माघ मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्राको आज समापन कार्यक्रम भएको छ । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले पुस १७ गते मेचीपुलबाट थालेको यात्रा

पर्यटन प्रवद्र्धनका लागि मेचीकाली यात्रा पुरा

पथरीशनिश्चरे, २४ पुस मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले नगरको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेची महाकाली मोटरसाइकल यात्रा महाकाली पुगेको छ । आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यकका साथ पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर

मेचीकाली यात्रा पथरीबाट पश्चिम प्रस्थान

पथरीशनिश्चरे, १८ पुस मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्रा आज पथरीशनिश्चरेबाट पश्चिम लागेको छ । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले हिजो मेचीपुलबाट थालेको यात्रा आज

पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनमा मेचीकाली स्कुटर यात्रा

पथरी शनिश्चरे, १७ पुस मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन आजबाट मेची महाकाली स्कुटर यात्रा थालेका छन् । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले आजबाट मेचीमहाकाली मोटरसाइक (स्कुटर) यात्रा थालेका

भ्रमण वर्षमा शान्तिभूल्के सिमसार प्रवद्र्धनको योजना

पथरीशनिश्चरे, ८ पुस मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज नगरकै आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको शान्तिभूल्के सिमसार क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै अन्य योजनाहरु समेत अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले टोलीले, प्रदेश सरकारको ३० लाख रुपैयाँबाट

सप्तकोशीमा नियमित पानीजहाज चलाइने

सुनसरी, २७ मंसिर नेपालकै सवैभन्दा ठूलो नदी सप्तकोशी तथा यसका सहायक नदीहरु अरुण र दुधकोशीमा नियमित पानी जहाज संचालन गर्न सरकारी तबरबाट निर्णय भएको छ । जलमार्ग संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानीजहाज कार्यालयमा सरोकारवालाहरु बीच त्यस्तो निर्णय भएको छ । छलफलका

यूएन र लुथरनबाट सिमसार अवलोकन

पथरीशनिश्चरे, २ साउन राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन् । राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक पद्मसुन्दर जोशी र लुथरन विश्व फेडेरेशन्का नेपाल निर्देशक डा. प्रविण मानन्धर सहितको टोलीले आज वडा नम्वर १ को शान्ति भूल्के सिमसार क्षेत्रको

१ नम्वर प्रदेशमा पर्यटन पत्रकार महासंघ

पथरीशनिश्चरे, २३ असार ः सुनसरी इटहरीका पत्रकार विराट अनुपमलाई अध्यक्ष चुनेर पर्यटन पत्रकार महासंघ प्रदेश नम्वर १ गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा, सन्तोष पुर्कोटी (ताप्लेजुङ), महिला उपाध्यक्षमा मनिसा चौलागाईं (झापा), महासचिवमा उत्तम पोख्रेल (मोरङ), उपमहासचिवमा कविराज घिमिरे (धनकुटा), सचिवमा खुला बिनय बाह्रकोटी (मोरङ), महिला सचिवमा मौसमी कार्की (सुनसरी)

कोरियाली टोलीको सिमसारमा चासो

पथरीशनिश्चरे , १२ जेठ कोरियाली टोलीले मोरङको पथरी शनिश्चरेमा अवस्थित सिमसार क्षेत्रमा चासो देखाउँदै अवलोकन गरेको छ । कोरियाली अधिकारी मिस्टर गिलो सङको अगुवाईमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मेनेजिङ डाइरेक्टर भीम सम्वाहाम्फे सहितको टोलीले आज पथरी शनिश्चरे १ स्थित भूल्के शान्ति सिमसारको अवलोकन गरेको हो । नगर प्रमुख दिलिपकुमार