राष्ट्रियसभा सदस्यमा नेकपाका निर्वाचित

पथरीशनिश्चरे, १० माघ राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट ३ जना सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । जसमा, देवेन्द्र दाहाल, इन्दिरा गौतम इन्दु र गोपी अछामी निर्वाचित भएका हुन् । दहाल अन्यतर्फ, गौतम महिला र अछामी दलितको तर्फबाट निर्वाचित भएका हुन् । दाहालले ६ हजार २ सय ३४ मतभार

प्रदेश १ मा ४ राज्यमन्त्री नियुक्त

  पथरीशनिश्चरे, ५ माघ प्रदेश सरकार गठन भएको २३ महिनापछि १ नम्वर प्रदेश सरकारले आज ४ जना राज्यमन्त्री नियुक्त गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाका सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईले सपथ खुवाएका छन् । भूमि व्यवस्था,

प्रदेश १ को मन्त्रिमण्डल विस्तार यसै साता, यी हुँदैछन् नयाँ मन्त्री

बाबुराम भण्डारी, विराटनगर, २८ पुस: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्ततः मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाएका छन् । उच्चस्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रिमण्डलको आकार एक महिलासहित १० सदस्यीय पुर्याउने निश्चित भएको हो । अहिले प्रदेश १ मा मुख्यमन्त्री राईको नेतृत्वमा मन्त्रिमण्डल पाँच सदस्यीय छ । मुख्यमन्त्री राईले सरकारको आधा उमेर

लेटाङ नगरको कामप्रति नेकपाको असन्तुष्टी

लेटाङ, १९ पुस उत्तरपूर्वी मोरङको लेटाङ नगरपालिकाले जनताको आशा अनुसार काम गर्न नसकेको भन्दै नेकपा नगर कमिटी लेटाङले ध्यानाकर्षण गराइ उपलब्धीमुलक काम गर्न सुझाव समेत दिएको छ । नेकपा लेटाङका स्थानीय नेताहरुले पार्टी कार्यालय लेटाङमा पत्रकार सम्मेलनमा नगरबासीसँग सम्बन्धित बिभिन्न १३ वटा बुदाँहरु प्रस्तुत गर्दै नगर प्रमुख शंकर राई तथा

समय बदलिएपनि मदनको विचार सान्दर्भिक ः परराष्ट्मन्त्री ज्ञवाली

उर्लावारी, १८ पुस संघीय सरकारका परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले समय धेरै बदलिएपनि मदन भण्डारीको विपन्न जनता र राष्ट्को समृद्धिको विचार सान्दर्भिक रहिरहेको बताएका छन् । ज्ञवालीले आज मोरङको उर्लावारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १९ औं वार्षिक साधारणसभामा बोल्दै शान्ति र समृद्धिको बाटो सधैं सान्दर्भिक समेत हुने प्रसंग सहित सो

प्रदेशको नाम पहिचानका आधारमा ः मन्त्री आङ्बो

पथरी शनिश्चरे, २७ मंसिर पथरी प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम पहिचानको आधारमा जनभावना अनुरुप तय हुने बताएका छन् । मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न चासोक तङनाम फुङसोक उत्सव कार्यक्रमका प्रमुख अतिथि मन्त्री आङ्बोले प्रदेशको नाम आउदो हिँउदे अधिवेशनबाट तय हुने तयारी भएको समेत वताए

निर्वाचनका वाचा पुरा गरिछोड्ने ः मन्त्री ढकाल

पथरी शनिश्चरे, २६ मंसिर स्वास्थ्य तथा वातावरण मन्त्री भानुभक्त ढकालले निर्वाचनका बेलामा गरेका वाचा सरकारले पुरा गरिछाड्ने प्रतिवद्धता दोहोर्याएका छन् । मन्त्री ढकालले आज मोरङको पथरी शनिश्चरेमा नगरमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको निर्वाचन क्षेत्र नम्वर ३ को बसोबासको समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् ।

सरकारले ठोस निर्णय निकाल्नुको सट्टा हावाको आसस्वन मात्र बाढेको,कोइरालाको आरोप

गोपाल काफ्ले पथरी यो सरकारले ठोस निर्णय निकाल्नुको सट्टा हावाको आसस्वन मात्र बाढेको नेपाली काङग्रेसका महामन्त्री डा शशक कोइरालाले बातएका छन ।मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा जि।पि। कोइराला अध्ययन केन्द्रको आयोजनमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक खुल्ला सभाको सम्बोधन गर्दै नेपाली काग्रेका नेपाली काङग्रेसका महामन्त्री डा।

शिविरमा संग्रहालयको अब डीपीआर हुन्छ ः मन्त्री कार्की… ११५ जना ज्येष्ठलाई सम्मान..

पथरीशनिश्चरे, ९ असोज.. प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा बन्ने बहुसाँस्कृतिक संग्रहालयको अब डीपीआर अगाडि बढाइने बताएका छन् । उनले संग्रहालय विश्वले हेर्ने लायकको बनाउने उल्लेख गरे । नेकपा पार्टी पथरीशनिश्चरे ८ स्थित वडा कमिटीले आज आयोजना गरेको दशैंतिहार, छैट शुभकामना

नेकपा पार्टी प्रशिक्षण अभियानमा

पथरीशनिश्चरे, २८ भदौ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ) पथरी शनिश्चरेले वडा वडामा पार्टी प्रशिक्षण अभियान सञ्चालन गरेको छ । पार्टीलाई समय अनुकुल तथा नगरवासीको समस्या समाधान गर्दै दीर्घकालिन समृद्ध योजना बनाउने लक्ष्यकासाथ वडा वडामा प्रशिक्षण अभियान सञ्चालन गरिएको नगर कमिटी संयोजक मोहन तुम्वापोले जनाए । जस अन्तर्गत हिजो वडा नं.