वडामा राहत व्यवस्थापन समिति गठन, ज्यालामजदुरको नाम संकलन

पथरीशनिश्चरे, २० चैत... मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा कोरोना भाइरस जोखिम न्यूनिकरण एवम् राहत व्यवस्थापन समितिहरु गठन सम्पन्न भई राहत जुटाउने अभियान अघि बढेको छ । समितिले आफ्नो वडाको दैनिक ज्यालामजदुरी गर्नेहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि नगरमा राहतको सिफारिस गर्ने काम थालिएको छ । नगरमा नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा

राहत सहयोगका लागि आव्हान

  पथरीशनिश्चरे, १८ चैत.. मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन आव्हान गर्दै बैंक खाता खोलेको छ । समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको बैठकले एनआइसी एशिया बैंक पथरी शाखामा खाता सञ्चालनको निर्णयपछि खाता खोलिएको छ

कोरोना सम्बन्धी अफवाह फैलाउने एक पक्राउ

  कोरोना सम्बन्धी अफवाह फैलाउने एक पक्राउ काठमाडौं, ८ चैत कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने झुटो कुराको अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मास्कको कालोबजारी, म्याद सकिएका औषधि

पथरीशनिश्चरे, ४ चैत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका निजी स्वास्थ्य संस्था तथा औषधि पसलमा आज भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले आज नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा

चैत मसान्तसम्म योजना सम्झौता सक्नुपर्ने

पथरीशनिश्चरे, ३० फागुन मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको पछिल्लो बैठकले चालु आर्थिक वर्षका लागि चैत मसान्तसम्म सम्पूर्ण योजनाहरु सम्झौता गरिसक्नु पर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १ महिना अवधि थप गरी चैत मसान्तसम्म बनाएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नगर तथा वडामा फागुन मसान्तसम्ममा सम्झौता

जाँते माविका विद्यार्थीको भेला

पथरीशनिश्चरे, २५ फागुन.. मोरङको लेटाङस्थित जाँते माद्यामिक विद्यालयको २०५० सालको एसएलसी समूहका विद्यार्थीहरुको पथरीशनिश्चरेमा भेला सम्पन्न भएको छ । पदम राईले संयोजनमा याम सुवेदी, योगेन्द्र घिमिरे, मञ्जु वस्नेत, त्रिलोचन काफ्ले, जीविका खतिवडा अश्रु सहितको पहलमा पर्यटकीय क्षेत्रका रुपमा रहेको पथरीको शान्ति भूल्के सिमसार क्षेत्रमा पहिलो भेला सम्पन्न भएको हो ।

सिभिल अस्पतालको बेडबाट क्यान्सरपीडित पत्रकारको बकपत्र

कमल पौडेल स्थान – सिभिल अस्पताल, काठमाडौं । बेड नम्बर २३८ । समय : रातको १२ बजे । मनमा धेरै भावहरू आउँदै क्षितिजमा बिलाउँछन् । निन्द्रा फिटिक्कै लाग्दैन । भोक भनेको कुन चरीको नाम हो, थाहा छैन । घरि यता कोल्टे फेर्‍यो, घरी उता । छिनछिनमा ज्वरो १०३ डिग्रीभन्दा माथि

पत्रकार कमल पौडेलको उपचारमा १ लाख बढी संकलन

पत्रकार कमल पौडेलको उपचारमा १ लाख बढी संकलन पथरीशनिश्चरे, २३ फागुन ब्लड क्यान्सरबाट पिडीत भएर काठमाडौंमा उपचाररत मोरङका पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन गठित बेलबारीमा गठित “पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ“को संयोजनमा रु १ लाख बढी रकम संकलन भएको छ । सो अभियान अन्तर्गत १ लाख

२ वर्षमा १२ किलोमिटर सडक कालोपत्रे

भूपेन्द्रराज तिम्सिना पथरीशनिश्चरे, २३ फागुन... अधिकारसँगै विकास एवम् समृद्धिको योजना अनुरुप स्थापित संघीय गणतन्त्रपछि पालिकाहरुले विगत २ वर्षयता भौतिक विकासमा उल्लेखनीय प्रगति गरेका छन् । यस क्रममा मोरङको पथरीशनिश्चरे नगरमा २ वर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे हुन पुगेको छ । पालिकाहरुलाई अधिकार प्रदान गर्दै स्थानीय तह बनाएर तल्लो सरकारका

६ पालिकाका ३ परियोजनामा २ देशका कम्पनीले सघाउने

पथरीशनिश्चरे, २० फागुन उत्तरपूर्वी मोरङका ६ पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सघाउन सम्झौता गरेका छन् । क्यनडामार्फत नेपालमा सञ्चालित लिब्रा कम्पनी र बेलायतको वेक फिल्डले पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैंचा नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकाका लागि फोहोरमैला व्यवस्थापन, सौर्य उर्जा र बारुणयन्त्र (दमकल) मा सघाउने भएको बेलबारी