किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड

पथरीशनिश्चरे, ६ फागुन मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा गठित स्थानीयस्तरीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको आजको बैठकले तत्काल सेनेटरी प्याड खरिद गरी वितरणको प्रक्रिया थाल्न कार्यपालिकालाई जानकारी गराउने निर्णय गरेको छ ।

फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप

पथरी शनिश्चरे, ४ फागुन मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ । नगरको स्वास्थ्य शाखाले आज वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी गराइएको छ ।

पथरीशनिश्चरेमा ६ हजार बढीबाट हात्तीपाइले विरुद्धको औषधि सेवन

पथरीशनिश्चरे, २६ माघ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सञ्चालन गरेको हात्तीपाइले रोग विरुद्धको अभियानमा हिजो पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेका छन् । जसमा, वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा ३ सय ७०, ३ मा २ सय ९८, ४ मा

घर घरमा हात्तीपाइले विरुद्धको औषधि

पथरीशनिश्चरे, २५ माघ मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले पनि आजदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । वडा वडामा कार्यक्रमको उद्घाटन्पछि १० वटै वडामा घर घरमा गएर औषधि सेवन गराउने काम सुरु भएको नगरपालिका कार्यालयले उल्लेख गरेको छ । वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर

हात्तीपाइले विरुद्धको औषधि सेवनको उद्घाटन्

पथरीशनिश्चरे, २४ माघ मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले भोलीदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको आज उद्घाटन् गरेको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेका हुन् । उनीहरुले सवैलाई औषधि सेवन

आधारभूत स्वास्थ्य केन्द्रका लागि जग्गादान

पथरीशनिश्चरे, २२ माघ मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि स्थानीयले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयले आज राखेको भेलामा स्थानीय समाजसेवी दिलबहादुर कार्की र गोपाल कार्की दाजूभाईले ३० लाख मुल्य पर्ने २ कठ्ठा जग्गा निःशुल्क

स्वास्थ्यकर्मीका लागि हात्तीपाइले अभिमुखीकरण

पथरीशनिश्चरे, १४ माघ मोरङको पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पथरी नगर अस्पतालका डाक्टर सावन मेहता, नगर स्वाथ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले लाग्ने अवस्था, त्यसको

कुष्ठरोग दिवश र हात्तीपाइले अभिमुखीकरण

पथरीशनिश्चरे, १३ माघ ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने नाराकासाथ मोरङको पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आज ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ । नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो

४ नम्वरको स्वास्थ्य केन्द्रलाई अढाई कठ्ठा जग्गा

पथरीशनिश्चरे, १० माघ मोरङको पथरीशनिश्चरे ४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनाउनका लागि एक स्थानीयले २ कठ्ठा १० धुर जग्गा दान गरेका छन् । केन्द्रीय स्तरबाट सबै स्थानीय तहको वडा स्तरमा एक आधारभूत स्वास्थ्य केन्द्र निमार्ण गर्नु पर्ने प्रावधानलाई सघाउन आधारभूत स्वास्थ्य केन्द्रका लागि वडाको न्यू क्षितिज टोलमा स्थानीय चन्द्रप्रसाद