अशोक शंकर जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

  अशोक शंकर जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित पथरीशनिश्चरे, पुस १२ नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा मोरङ्ग पथरीशनिश्चरेका अशोक शंकर विजयी बनेका छन् । चितवनको रत्ननगरमा हिजो सम्पन्न ४६ औ चुनावी राष्ट्रिय महाअधिवेशन मार्फत शंकर विजयी बनेका हुन । पथरी जेसीजका सस्थापक अध्यक्ष रहेका कुशल युवा व्यवसायी शंकरले २

अशोक शंकरलाई जेसीज अध्यक्षमा जिताउने अभियान

पथरी शनिश्चरे, २६ मंसिर मोरङको पथरी शनिश्चरेका अशोक शंकरलाई नेपाल जेसीज २०२० को राष्ट्रिय अध्यक्ष वनाउन नगरका संघसस्थाका अगुवाहरुले ऐक्यवद्धता व्यक्त गरेका छन् । स्थानीय सम्मिलित अशोक शंकर जिताऔं सहयोग समितिले आयोजना गरेको कार्यत्रममा शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे मात्र नभइ प्रदेश नम्वर १ कै प्रतिष्ठा जोडिएकाले पनि उहाँलाई राष्ट्रिय अध्यक्षमा जिताउनु

ट्राफिक सचेतना कार्यक्रम

पथरी शनिश्चरे, १६ मंसिर मोरङको लायन्स क्लब अफ पथरीशनिश्चरेको संयोजनमा नगरस्थित समुदाय प्रहरी पालिका समिति समेतको सहकार्यमा पथरी चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा, पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले ट्राफिक निमय पालना गर्न चालकहरुलाई आग्रह गरेकी छन् । कार्यक्रममा, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, हेल्मेटको फित्ता

४ लायन्सको पदस्थापन, लुगा बैंक स्थापना

पथरीशनिश्चरे, १२ मंसिर.. मोरङको लायन्स क्लब अफ पथरीशनिश्चरे र लियो योङहार्टले पुराना लुगाहरु संकलन गरेर विपन्नहरुलाई वितरण गर्ने ‘लुगा बैंक’ स्थापना गरेको छन् । उत्तरपूर्वी मोरङका ३ वटा लायन्स र एउटा लियो क्लबको एउटै कार्यक्रमबीच पदस्थापन कार्यक्रममाझ ‘लुगा बैंक’ समेत स्थापना भएको हो । लायन्स क्लब अफ पथरीको आयोजनामा सम्पन्न

सामुदायिक वनको व्यवस्थापनमा सवैको सहकार्य आवश्यक

पथरीशनिश्चरे, १० असोज मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सामुदायिक वनको व्यवस्थापन गर्दै विकास निर्माणका गति अघि बढाउन सवैको सहकार्य आवश्यक रहेको बताइएकी छन् । उपप्रमुख वास्तोलाले आज वडा नम्वर १० मा अवस्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिको ९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा

लायन्सको ह्विल चियर वितरण

पथरीशनिश्चरे, २ भदौ मोरङको पथरीशनिश्चरेस्थित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले वडा नम्वर ३ का ३ जना पूर्ण अपाङ्गगता भएकाहरुलाई आज ह्विल चियर वितरण गरेको छ । ३ नम्वर वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी र लायन्स क्लब अफ पथरी योङ्गहाटका अध्यक्ष

साझेदारी वन व्यवस्थापन अन्तरक्रिया

पथरीशनिश्चरे, २८ असार मोरङको पथरीशनिश्चरेमा आज साझेदारी वन व्यवस्थापन सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समितिको सहयोगमा नेपाल पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममाझ साझेदारी वन व्यवस्थापनसँगै वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा, पथरी सव डिभिजन वन कार्यालयका अलाउद्धिन अन्सारी र जाँते सव डिभिजन

पथरी जेसीजको सप्ताह सम्पन्न

एलिना दियाली पथरीशनिश्चरे, २२ असार मोरङको पथरीशनिश्चरेस्थित पथरी जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । असार १२ गते भ्रष्टाचार बिरुद्ध सचेतना कार्यक्रमबाट सुरु भएको सप्ताह शैक्षिक समाग्री बितरण, मैत्रिपूर्ण फुटसल प्रतियोगिता, लागु औषध न्यूनिकरण एवम् सचेतना कार्यक्रम, ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण कार्यक्रम, पथरी बहुमुखी क्याम्पसमा

आआफ्नो ठाउँबाट भ्रष्टाचार अन्त्य गरौं ः नगर प्रमुख

पथरी शनिश्चरे, असार १२ मोरङको पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सवैले आआफ्नो ठाउँबाट भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अभियानमा लाग्नु आवश्यक रहेको बताएका छन् । पथरी जेसीजले जेसीज सप्ताहको उद्घाटनका क्रममा आज आयोजना गरेको भ्रष्टाचार न्यूनिकरण सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । नगरपालिकामा कर्मचारी र

पथरीका प्रसनि उत्तम पुलिस अफ द मन्थ

पथरीशनिश्चरे, १२ जेठ जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित रानी प्रहरीका अर्का एक जवानलाई बैशाख महिनाको पुलिस अफ दी मन्थको उपाधी प्रदान गरेको छ । प्रसनि कटुवाल इलाका प्रहरी पथरीका घटनास्थल अधिकृत रहेर अपराध अनुसन्धानमा सक्रिय वनेकाले पथरीशनिश्चरेबाट उत्कृष्ठ प्रहरीको सुचिमा पर्ने