लायन्सकर्मीका लागि तालिम

पथरीशनिश्चरे १८ साउन.. मोरङको पथरीशनिश्चरेमा लायन्स अन्तर्गतका ४ वटा संस्थाका सदस्यहरुमाझ ‘क्लब अफिसर्स स्कुलिङ कार्यक्रम’ सम्पन्न भएको छ । लायन्स क्लब अफ पथरीको आयोजनामा लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङहार्ट, लायन्स क्लब अफ पथरीशनिश्चरे र लायन्स क्लब अफ इस्टर्न मोरङका सदस्यहरुका लागि स्कुलिङ तालिम सम्पन्न भएको हो

शरणार्थीलाई कञ्चनजंघाको राहत

पथरीशनिश्चरे, १३ बैशाख.. कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी ( लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरेको शिविरमा रहेका भूटानी शरणार्थीहरुलाई स्थानीय कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको संयोजनमा राहत वितरण गरिएको छ । समितिको पहलमा तेस्रो देश गएका भूटानी शरणार्थी, नेपालीहरुबाट सहयोग संकलन हुँदा पछिल्लो पटक शिविरका १ सय ४७

‘बसुधैव कुटुम्बकम्बकम’लाई आत्मसाथ गर्न अनुरोध

  दमक, २० चैत... विश्व हिन्दु महासंघले महासंघको स्थापना दिवश तथा हिन्दु एकता दिवशको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गर्नुका साथै कोरोना भाइरसबाट जोगिन सवैमा आव्हान समेत गरेको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले झापाको दमकबाट महासंघकोतर्फबाट विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनले कार्यक्रम

पाँचवर्षीय योजनामाथि छलफल

पथरीशनिश्चरे, २५ फागुन मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको एउटै मात्र सामुदायिक क्याम्पस पथरी बहुमुखी क्याम्पसले पाँचवर्षीय रणनीतिक योजना बनाएर लानु राम्रो सुरुवात भएको वताएकी छन् । क्याम्पसले राखेको पाँचवर्षीय रणनीतिक योजना तथा क्याम्पसको अवस्था विश्लेषण विषयक कार्यशालामा प्रमुख अतिथिका रुपमा बोल्दै उनले विद्यार्थीको संख्या पनि बढाएर गुणस्तरीय

फागुन २१ देखि २३ सम्म विज्ञान प्रदर्शनी

पथरीशनिश्चरे, १८ फागुन मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविले आफ्नो ४० औं वार्षिकोत्सवका अवसरमा आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै कार्यक्रमको

जालपालाई व्यवस्थित गर्ने अभियान थालिने

पथरीशनिश्चरे, ७ फागुन मोरङको पथरीशनिश्चरे १० चौकीडाँडास्थित जालपासिंहदेवी आभारभूत विद्यालयलाई आर्थिकरुपमा व्यवस्थित र गुणस्तरीय शिक्षामार्फत अघि बढाइने भएको छ । सो विद्यालय सञ्चालनका लागि दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पहिलो संयुक्त बैठकले त्यस्तो निर्णय गरेको

लोकसेवा कक्षा, कम्प्युटर र ढाकातान तालिम

पथरीशनिश्चरे, १ फागुन मोरङको पथरीशनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने निःशुल्क लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन् गर्दै उनले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गरे । प्रति

जेसीजका अध्यक्षलाई गृहनगरमा ९ संस्थाको सम्मान

पथरीशनिश्चरे, १ माघ नेपाल जेसीज वर्ष २०२० का लागि नवनिर्वाचित राष्ट्यि अध्यक्ष अशोक शंकरलाई उहाँको गृहनगर मोरङको पथरी शनिश्चरेका ९ वटा संस्थाहरुले आज सम्मान गरेका छन् । सवै पक्ष सम्मिलित नगरवासीहरुले गठन गरेको अशोक शंकर जिताऔं अभियान सहयोग समितिले आयोजना गरेको सम्मान कार्यक्रममा नगरको १ नम्वर वडा कार्यालयले आफ्नो वडाको

पथरी जेसीजमा सन्तोष ढुंगेल

पथरीशनिश्चरे, २८ पुस मोरङको पथरीशनिश्चरेस्थित पथरी जेसीजको अध्यक्षमा सन्तोष ढुङ्गेल निर्वाचित भएका छन् । शाखाको सातौ साधारण सभाबाट ढुङ्गेल सहितको नयाँ समिति सर्वसहमत रुपमा निर्वाचित भएको हो । पथरी जेसिजको २०१७ मा महासचिव, २०१९ मा कोषाध्क्षय रहेका ढुंगेल सफल युवा व्यवसायी समेत हुन् । शाखाको कार्यकारी उपाध्यक्षमा अनिता राई र

प्रभातबाट एक लाख भन्दा बढी आर्थिक सहयोग

पथरीशनिश्चरे, २५ पुस मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित सोमबारेमा स्थापना भई सृजनात्मक गतिविधिकासाथ सामाजिक सेवामा सक्रिय प्रभात सामुदायिक युवा क्लबले आर्थिक विपन्न विरामीहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ । उपचारमा सहयोग पुर्याइदिन आउने विरामीहरुका लागि दाताहरुबाट आर्थिक सहयोग संकलन गरेर उपचारमा सघाउने अर्काे उदाहरणीय सामाजिक काममा पनि क्लब