राजधानी बाहिर पथरीशनिश्चरेमा फुटबलको प्रिमियर लिग हुने - JamarkoOnline

राजधानी बाहिर पथरीशनिश्चरेमा फुटबलको प्रिमियर लिग हुने

पथरीशनिश्चरे, २७ कार्तिक..
मोरङको पथरीशनिश्चरेमा स्थानिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक फ्रेन्चाईज प्रिमियर लिग हुने भएको छ ।
पथरिशनिश्चरे फुटबल प्रीमियर लिग समितिले आज पत्रकार सम्मेलन गर्दै प्रिमियर लिग २०७७ हुने जानकारी दिएको हो ।
नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडी दिपक राईले जनाए । १५ दिनसम्म चल्ने प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका भित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउने राईले बताए ।
पथरीशनिश्चरे नगरपालिका भित्रका ३ सय ५० जना खेलाडीले अक्सनमा सहभागिता जनाएका थिए भने १ सय ४४ खेलाडी नगरका बिभिन्न ८ क्लवमा आवद्ध भएका छन् । खेलाडीलाई व्यवसायिक बनाउने उद्धेश्यले सुरु हुन लागेको प्रतियोगितामा प्रत्येक क्लबले १८ जना खेलाडी छनौट गर्नु पर्ने छ । प्रतियोगितामा नगरका ८ क्लबले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार रुपैयाँ नगद, उपविजेताले ७५ हजार तथा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर