१० नम्वरमा घर घरमा सामाजिक सुरक्षा भत्ता - JamarkoOnline

१० नम्वरमा घर घरमा सामाजिक सुरक्षा भत्ता

पथरीशनिश्चरे, १७ कार्तिक..
मोरङको पथरी शनिश्चरे १० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।
कार्यवाहक वडाध्यक्ष मैनादेवी फूँयल आचार्यको अगुवाईमा बैंकमा गएर भत्ता लिन समस्या भएकाहरुका लागि कुमारी बैंक पथरी शाखाका कर्मचारीहरुमार्फत भत्ता वितरण गरिएको हो । चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा आज जिरिखिम्ती, ऐयावारी, चौकीडाँडा सहितका १८ जनाका लागि घरमै पुगेर भत्ता वितरण गरिएको हो । हिजो २ जनालाई यसखाले भत्ता वितरण गरिएको थियो । वडाले दशैं अघि पनि केही व्यक्तिहरुलाई घर घरमा गएर र दशैं अघि १ दिन वडा कार्यालयबाटै भत्ता वितरण गरेको थियो ।
वडा नम्वर १, ६ र ७ सहितले पनि दशैं अघि वडा कार्यालयमार्फत भत्ता वितरण गरेको थियो ।

सम्बन्धित खवर