वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण - JamarkoOnline

वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण

पथरीशनिश्चरे, ६ कार्तिक ..
दशैं खर्चको सहजतालाई ध्यानमा राखेर मोरङको पथरी शनिश्चरे नगरका केही वडाहरुले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थालाई ख्याल गरेर बैंकमा बढ्ने भिडभाड कम गर्न स्वास्थ्य सतर्कता अपनाउँदै वडा नम्बर १० ले आज भत्ता वितरण गरेको छ । कुमारी बैंकका कर्मचारीको साथमा वडा कार्यालयबाट भत्ता वितरण गरिएको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यले जनाइन् ।
जनप्रतिनिधि, वडा कर्मचारी, बैंकका कर्मचारी, नगर प्रहरी, शसस्त्र प्रहरी, ‘प्रहरीको साथी म’ सहित समाजसेवी युवाहरुको सहयोगमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर ४ सयको संख्यालाई भत्ता वितरण गरिएको उनले जानकारी गराइन् ।
बैंक कर्मचारीहरु वडा कार्यालयमा पुगी वडा नम्बर ६ को सृजना फाइनान्स र ७ को प्रभु बैंकबाट पनि हिजो चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता वितरण गरिएको थियो ।

सम्बन्धित खवर