कुल १ लाख ३९ हजार संक्रमित, ९६ हजार संक्रमणमुक्त - JamarkoOnline

कुल १ लाख ३९ हजार संक्रमित, ९६ हजार संक्रमणमुक्त

काठमाडौं, ४ कार्तिक..
नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट १ लाख ३९ हजार १ सय २९ जस संक्रमित भएकोमा ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८ सय ६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ हजार ७ सय २ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ४ सय ३१, भक्तपुरका १ सय ४८ र ललितपुरका १ सय २३ जना छन् ।
हालसम्म ७ सय ६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका हुन् । देशभर ४१ हजार ७ सय ५५ संक्रिय संक्रमित छन् । १३ हजार ५ सय ५९ संस्थागत र २८ हजार १ सय ९६ होम आइसोलेसनमा छन् ।

सम्बन्धित खवर