अस्पताल सञ्चालकको कोरोनाका कारण निधन - JamarkoOnline

अस्पताल सञ्चालकको कोरोनाका कारण निधन

पथरीशनिश्चरे, ३ कार्तिक..
मोरङको पथरी शनिश्चरे १ स्थित मोरङ अस्पतालका सञ्चालकको कोरोना भाइरसका कारण निधन भएको छ ।
केही दिन अघि कोरोना पुष्टि भएर विराटनगरस्थित न्यूरो कोभिड अस्पतालको सघन उपचार कक्षमा उपचाररत ५७ वर्षीय रामकाजी थापाको आज विहान ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।
पथरीशनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्तिक ६ गतेसम्मका लागि नगरपालिका र वडा कार्यालयहरु बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा फैलिएको संक्रमणका कारण असोज ३० देखि पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र पथरी बजारस्थित आधारभूत स्वास्थ्य केन्द्र समेत बन्द गरिएको छ ।

सम्बन्धित खवर