जिरिखिम्तीमा रिटेनिङ वालको शिलान्यास - JamarkoOnline

जिरिखिम्तीमा रिटेनिङ वालको शिलान्यास

पथरीशनिश्चरे, १७ असोज..
मोरङको पथरी नगरपालिकाका वडा नम्वर १० जिरिखिम्तीस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिणको डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन (रिटेनिङ वाल) निर्माण कार्यको आज शिलान्यास भएको छ ।
१० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य र वडा सदस्य अनोज घिमिरेले निर्माण कार्यको शिलान्यास गर्नुभयो । वडा कार्यालयको ७ लाख रुपैयाँ लागतमा दीपक राईको घर दक्षिणको सडकको दुवै किनारामा रिटेनिङ वालका रुपमा एकतर्फी ड्रेन निर्माण कार्य सुरु गरिएको उपभोक्ता समिति अध्यक्ष गणेश कटुवालले बताए । सो सडकमा गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा ग्राभेल समेत गरिएको थियो ।

सम्बन्धित खवर