नेकपाले जिल्ला सदस्यलाई उत्प्रेरकको रूपमा वडा वडामा खटायो - JamarkoOnline

नेकपाले जिल्ला सदस्यलाई उत्प्रेरकको रूपमा वडा वडामा खटायो

मा खटायो

पथरीशनिश्चरे, ११ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पथरी शनिश्चरे नगर कमिटी मोरङको दोस्रो पूर्ण बैठकले जिल्ला सदस्यहरुलाई नगरका वडा वडामा उत्प्रेरकका रुपमा खटाउने निर्णय गरेको छ ।
नगर अध्यक्ष मोहन तुम्बापोको अध्यक्षतामा पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले सो नगर निवासी जिल्ला सदस्यहरुलाई वडा वडाको उत्पे्ररकका रुपमा खटाउने निर्देशनात्मक जानकारी गराएपछि सोही अनुरुप निर्णय भएको हो ।
बैठकले पार्टी सदस्यता नवीकरणलगायत प्रस्तावित विषयवस्तुहरूलाई चुस्त कार्यान्वयन ल्याउन नगरका दशैवटा वडामा अनिवार्य पार्टी जिल्ला सदस्यहरू उत्प्रेरक तोकेको छ । जसमा, क्रमशः १ नं. मा विजय डाँगी, २ नं. मा पार्थबहादुर बुढाथोकी, ३ नं. मा कार्यालय, ४ नं. मा बालकुमार मगर, ५ नं. मा नेत्रप्रसाद पोखरेल, ६ नं. मा देवीमाया काफ्ले, ७ नं. मा पर्शुराम मिश्र, ८ नं. मा जीवन खतिवडा, ९ नं.मा टंक भण्डारी र १० नं. मा भगतचन्द्र थपलियालाई खटाइएको कार्यालय सदस्य अनु राईंले जनाइन् ।
बैठकमा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले नेकपाको विकल्प राजनीतिक बैचारिक हिसावले समुन्नत र सुदृढ नेकपा मात्र हुन सक्ने भएकोले विभिन्न नामधारी संघसंगठन, मञ्च र क्लबका ब्यानरमुनि अल्झिनु वा अलमलमा पर्नु आवश्यक नरहेको बताए । जनप्रतिनिधिको काम र उहाँहरूको सदृश्य भूमिकामा पार्टीको अनुहार देखिनुपर्ने तर्क राख्दै पोखरेलले सवैको सहकार्यमा जनहितको काममा जोड दिनुपर्ने बताए ।
एकता प्रक्रियामा गुज्रिएको पार्टी पंक्ति कोरोनाको सम्भावित असरबारे सचेतनता अपनाउँदै झण्डै ६ महिनायता समुहगत भेटघाटमा समेत थिएन ।
बैठकले, प्रविधिसम्पन्न कार्यालय व्यवस्थापन गर्ने, आजको नेकपालाई राजनीतिक बैचारिक हिसावले एकताबद्ध बनाउन सघन ढंगले अभियान चलाउने, यसका लागि अन्तरसंगठनात्मक कामलाई व्यवस्थापन गर्ने, संगठनात्मक पक्षलाई चुस्त राख्न सदस्यता नवीकरण अविलम्ब थाल्ने, पार्टी जिल्लाले गरेको व्यवस्थाअन्तर्गत स्थानीय आवश्यकताअनुसार संयोजनकारी जनसंगठन निर्माण गर्ने, ज्येष्ठ कम्युनिष्ट सदस्यहरूलाई सम्मान गर्ने, दशैँ–तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने, आधारभूत रूपमा सामाजिक एवं राजनीतिक बैचारिक नेतृत्व विकासका लागि स्कुल सञ्चालन गर्ने, समुदाय आधारित मुद्धाको पहिचान र सरकारमार्फत सम्बोधनमा जोड दिने निर्णय गरेको छ । साथै गठित विभागहरूको नियमति काम कारबाहीलाई अनिवार्य अघि बढाउने, जमिनसम्बन्धी सम्पूर्णखाले समस्या अविलम्ब समाधान गर्न पहलकलमी लिने र सरकारको कामलाई थप बढी प्रभावकारी बनाउन निर्मित सन्यत्रमार्फत अग्रसरता लिनेजस्ता महत्वपूर्ण निर्णयहरू गरेको पार्टी नगर ईञ्चार्ज दिनानाथ तिम्सिनाले बताए ।
बैठकमा भीमकुमार राईं, नेत्रप्रसाद दाहाल, रूकमिणा बजगाईं, धुव्र बराइली, उमानाथ अधिकारी, डिकप्रसाद तिम्सिना, उद्धब बस्नेत, धनबहादुर मगर, देवेन्द्र वनेम, प्रेम ढकालले नेकपा नेतृत्वको सरकारसँग आमजनताको अपेक्षा र अपेक्षित उपलब्धीसहित वडा–वडाको पार्टी कामको प्रतिनिधिमूलक प्रतिवेदन राखेका थिए ।
बैठकमा पार्टी प्रदेश कमिटी सदस्यहरू क्रमशः लालबहादुर सुस्लिङ मगर, खेम भट्टराई, युवराज बास्कोटा, गीता तिम्सिना, रामकुमार बस्नेत, जिल्ला कमिटी सदस्यहरू क्रमशः चण्डीप्रसाद राई, देवीमाया काफ्ले, पार्थबहादुर बुढाथोकी, दिलीपकुमार राई किशोर, यमुना बिष्ट वास्तोला, अर्जुनकुमार बुढाथोकी, जीवन खतिवडा, पर्शुराम मिश्र, विजय डाँगी, बालकुमार मगर, रमेश दाहाल, टंक भण्डारी, अनु राईको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर