कलाकर्मी शेर्मा माङ्जाबुङ्गेको निधन  - JamarkoOnline

कलाकर्मी शेर्मा माङ्जाबुङ्गेको निधन 

पथरीशनिश्चरे, ११ असोज..
मोरङको उर्लाबारीमा रहेर लामो समयदेखि चलचित्र, नाटक र साहित्यकर्ममा सक्रिय सर्जक प्रेम शेर्मा माङ्जाबुङ्गेको निधन भएको छ ।
मृगौला र पक्षघातको समस्याका कारण लामो समयदेखि विरामी पर्नु भएका ५९ वर्षीय माङ्जाबुङ्गेको आज विहान उर्लावारी ७ स्थित आफ्नै निवासमा निधन भएको हो ।
सहिद रत्नकुमार वान्तवाको स्मृतिमा प्रदिप नेपालको कथामा माङ्जाबुङ्गेले चलचित्र ‘देउमाइको किनार’ निर्माण तथा निर्देशन गरेका थिए । उनले ऐतिहासिक एवम साँस्कृतिक अन्य आधा दर्जन चलचित्र निर्देशन तथा १ दर्जन बढी नाटक निर्देशन गर्दै जनसाहित्य र सँस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए ।
उनको पार्थीव शरीरलाई आजै साँझ उर्लावारी र पथरीशनिश्चरेको सिमा क्षेत्रको सुनझोडा जंगलमा दाहसंस्कार गरिदै छ ।

सम्बन्धित खवर