बढी मुल्यमा सब्जी नबेच्न सुझाव - JamarkoOnline

बढी मुल्यमा सब्जी नबेच्न सुझाव

पथरीशनिश्चरे, २ असोज..
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज वडा नम्वर १ स्थित पथरी बजारका सब्जी पसलहरुको अनुगमन् गर्दै बढी मुल्यमा सब्जी नबेच्न सुझाव दिएको छ ।
तरकारीको मुल्य बढेको ग्राहकहरुबाट गुनासो आएपछि नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित इलाका प्रहरी कार्यालय पथरी र नगर प्रहरीहरुको टोलीले अनुगमन् गरेको हो ।
प्याज, आलु, टमाटर सहितका सब्जीमा खरिद मुल्यका आधारमा न्यायोचित मुल्य लिएर तथा मुल्यमा एकरुपता कायम गरेर मात्र विक्री वितरण गर्न सुझाव दिइएको छ । टोलीले खरिद गरेको सामानको विल हेरेको र विक्री गरिएको मुल्यको तुलना गरेको छ । कम्तिमा पान नम्वर भएको आधिकारिक बिल हुनुपर्ने सुझाव पनि दिइएको छ । साथसाथै कोरोनाको संक्रमण हुनसक्ने अवस्थालाई ख्याल गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर मात्र विक्री वितरण गर्न पनि सचेत गराइएको छ ।

सम्बन्धित खवर