१२२८ संक्रमित थपिए, ९१७ घर फर्किए - JamarkoOnline

१२२८ संक्रमित थपिए, ९१७ घर फर्किए

काठमाण्डौ, १८ भदौ….
नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । यो कुल संक्रमितको ५६ प्रतिशत हो ।
अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए ।

सम्बन्धित खवर