पथरीशनिश्चरेमा समुदायका ३ सहित थप ७ जनामा कोरोना - JamarkoOnline

पथरीशनिश्चरेमा समुदायका ३ सहित थप ७ जनामा कोरोना

पथरीशनिश्चरे, १३ भदौ…
मोरङको पथरी शनिश्चरेमा पछिल्लो पटक समुदायमा सहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पीसीआर परीक्षणको आज आएको रिपोर्टमा क्वारेन्टिनका ४ जना र समुदायका ३ जना गरी ७ जना युवा अवस्थाका पुरुषमा कोरोना पोजेटिभ देखा परेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताएका छन् । एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो ।
नगरको क्वारेन्टिनमा रहेका ५ र समुदायका २५ गरी ३० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । संक्रमण देखिएका सवैलाई गोठगाउँको कोभिड अस्पतालमा लगिने छ ।
संक्रमितको संख्या बढेको अवस्था रहेकाले जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगर प्रमुख दिलीपकुमार राईले अनुरोध गरेका छन् । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् । त्यसमध्ये १ जना समुदायस्तरका थिए । समुदायमा कोरोनाको खास संक्रमण नभएको भन्ने अवस्थामा पुगेको बेला हाल समुदायमा संक्रमितको संख्या यसरी देखिएपछि थप सतर्कता आवश्यक रहेको स्वास्थ्यकर्मीले पन जनाएका छन् ।

सम्बन्धित खवर