पथरीशनिश्चरेकी सज्जा भइन् नेपाल आइडल, नगरमा खुसीयाली - JamarkoOnline

पथरीशनिश्चरेकी सज्जा भइन् नेपाल आइडल, नगरमा खुसीयाली

 

पथरीशनिश्चरे, १३ भदौ..
‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंले उपाधि जितेकी छन् । योसँगै उनी पहिलो नेपाली महिला आइडल बनेकी छन् ।
कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक हिजो रातीको फाइनलमा सबैभन्दा बढी एसएमएस भोट ल्याएर २३ वर्षीया सज्जा आइडल घोषित बनेपछि उनको गृहनगर पथरीशनिश्चरेमा विशेष खुसीयाली छाएको छ । उनलाई जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरेका थिए । आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाएर जिताउन लागि परेका थिए ।
नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुले उनको अब्बल प्रतिभाले स्थान पाउनु पर्ने भन्दै उनलाई जिताउन आव्हान गर्दै प्रचारात्मक र भोटिङ अभियानमा लागेका थिए ।
‘यस्ता प्रतिभालाई नगरको मात्र नभएर प्रदेशकै शान बनाएर जान अनि नेपालकै शानमा रुपान्तरण गर्नका लागि कुनै वाद या पक्ष नभनी सवैको एकतामा अघि बढ्नु आवश्यक छ ।’– पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले भनेका थिए ।
उनले नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छिन् । फाइनल प्रतिष्पर्धामा प्रवीण बेडुवाल फष्ट रनर अप भई १० लाख र किरण कुमार भुजेल सेकेन्ड रनर अप भई ५ लाख प्राप्त गरेका छन् । किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत ‘नेपाल आइडल’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । यी तीन मध्ये सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति नै नेपाल आइडलको विजेता हुनेछन् ।
प्रतियोगितामा विगतमा झैं यो सिजनका लागि पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।
कोरोना भाइरसको संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको हो ।

सम्बन्धित खवर