नेपाल आइडलको उत्कृष्ठ ३ की सज्जालाई जिताउने अभियान - JamarkoOnline

नेपाल आइडलको उत्कृष्ठ ३ की सज्जालाई जिताउने अभियान

पथरीशनिश्चरे, १० भदौ..
‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् ।
आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सवैलाई आव्हान गरिएको छ ।
उत्कृष्ठ ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी प्रदेश नम्वर १ की एकमात्र प्रतिष्पर्धी सज्जालाई अवको शुक्रबार ५ बजेसम्मको एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर अर्काे स्थानमा उकालेर नेपाल आइडल बनाउन आव्हान गरिएको हो । जसका लागि विजेता बन्ने आध्धार एसएमएस भोटिङका लागि सवै सामेल हुन सवैमा अनुरोध गरिएको छ ।
कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक शुक्रवार राती प्रशारण हुने यो कार्यक्रममा २३ वर्षीया सज्जालाई जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् । आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाइएको देखिन्छ ।
उनलाई भोट गर्न नेपालबाट NI11 टाइप गरी 37000 मा पठाउन सकिने छ । अथवा 16667709 मा डायल गरी आफ्नो मत दिन सकिने छ । भारतमा भोडाफोन प्रयोगकर्ताले 53010, कतारमा ओरेडो प्रयोगकर्ताले 92300, मलेशियामा अलटेटेकोस प्रयोगकर्ताले  33310 मा एसएमएस गरी भोट गर्न सक्ने व्यवस्था गरिएको छ । अनलाइन भोटिङ गर्न रेस्पेक्ट एण्ड राइजको एप्लिकेसन डाउनलोड गरेर र इसेवाबाट पनि सुविधा रहेको उल्लेख छ ।

शुक्रबार हुने फाइनल प्रतिष्पर्धामा सज्जासँगै प्रवीण बेडुवाल र किरण कुमार भुजेल प्रतिष्पर्धी छन् । किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत ‘नेपाल आइडल’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । यी तीन मध्ये सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति नै नेपाल आइडलको विजेता हुनेछन् ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फस्र्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको हो ।

सम्बन्धित खवर