८० जनाकै रिपोर्ट नेगेटिभ - JamarkoOnline

८० जनाकै रिपोर्ट नेगेटिभ

पथरीशनिश्चरे, १० भदौ..
मोरङको पथरीशनिश्चरेमा पछिल्लो पटक संक्रमितसँगको सम्पर्क (कन्ट्रयाक ट्रेसिङ) का आधारमा परीक्षणमा पठाइएको नगरका ८० जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएपछि भदौ ६ गते समुदायका ८० जनाको स्वाब संकलन गरि पठाइएको थियो । केही ब्यक्तिको दोहोर्याएर समेत चेक गर्दा कसैमा पनि कोरोना नदेखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । नगरमा बढेको त्रास यो रिपोर्टले शान्त गरिदिएको छ ।
भदौ २ गते पथरी शनिश्चरे १ को आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका ती युवालाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट ५ गते पोजेटिभ आयो । जस अनुरुप उनलाई समुदायस्तरमै कोरोना भएको ठानेर उनको सम्पर्कमा आएकाहरु तथा त्यसअघि क्वारेन्टिनमा रहेका वडा नम्वर २ र ४ का संक्रमित २ पुरुषको समेत सम्र्पकमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा स्वाब संकलन गरिएको छ । ८० जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सो अवस्थापछि भदौ ६ देखि नै अस्पताल र औषधि पसल बाहेक नगर क्षेत्र पूर्णरुपमा लकडाउन गरिएको छ ।

सम्बन्धित खवर