गायक निशान र मोडेल ऋचाको बिवाह - JamarkoOnline

गायक निशान र मोडेल ऋचाको बिवाह

पथरीशनिश्चरे, २८ साउन…
नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका उर्लावारीका गायक निशान भट्टराइले मोडल ऋचा न्यौपानेसँग कानूनी बिबाह गरेका छन् । उनले, २ वर्षदेखि प्रेम सम्वन्धमा रहेकी धुलिखेलकी ऋचासँग धुलिखेल जिल्ला अदालतमा कानूनी विवाह गरेका हुन् ।
निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी थिइन् । त्यो बेलादेखि उनीहरु नजिक हुन पुगेका थिए ।
पछिल्लो समयमा गायक निशान नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनको स्वरको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

सम्बन्धित खवर