लायन्सकर्मीका लागि तालिम - JamarkoOnline

लायन्सकर्मीका लागि तालिम

पथरीशनिश्चरे १८ साउन..
मोरङको पथरीशनिश्चरेमा लायन्स अन्तर्गतका ४ वटा संस्थाका सदस्यहरुमाझ ‘क्लब अफिसर्स स्कुलिङ कार्यक्रम’ सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पथरीको आयोजनामा लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङहार्ट, लायन्स क्लब अफ पथरीशनिश्चरे र लायन्स क्लब अफ इस्टर्न मोरङका सदस्यहरुका लागि स्कुलिङ तालिम सम्पन्न भएको हो ।
लायन्स क्लबका मोरङस्थित डिस्ट्रिक भाइस गभर्नर रेवतबहादुर कार्कीले तालिमको मुख्य सहजिकरण गरेको लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकीले बताए ।

सम्बन्धित खवर