नगर प्रमुख फागो सम्मानित, ४ पत्रकार पुरस्कृत - JamarkoOnline

नगर प्रमुख फागो सम्मानित, ४ पत्रकार पुरस्कृत

पथरीशनिश्चरे १७ साउन..
मोरङको उर्लावारीस्थित सञ्चार क्लब नेपालले आज उर्लावारी नगर प्रमुख खड्गबहादुर फागोलाई सम्मान गर्दै ४ सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।
स्थानीय सञ्चार प्रवद्र्धनमा सहयोग पुर्याउँदै नगरमा विकासको गति अघि बढाएको भन्दै क्लबका अध्यक्ष सरोज वस्नेत र संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले क्लबको १७ औं बार्षिक साधारणसभाका अवसरमा नगर प्रमुख फागोलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि फागोले निष्पक्ष रुपमा पत्रकारिता गर्नु आजको आवश्यकता भएको भन्दै नगरले सञ्चार क्षेत्रको प्रवद्र्धनमा सधैं सघाउने बताए ।
सो अवसरमा, उर्लावारीका पूर्व कर्मचारी एवम् समाजसेवी जयधर्म आचार्यले स्थापना गर्नुभएको लीला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार उर्लाबारीका पत्रकार तेजन खड्का र विजय धिमाललाई प्रदान गरिएको छ ।
त्यस्तै, क्लका संस्थापक अध्यक्ष खतिवडाले स्थापना गरेको दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार उर्लाबारीका पत्रकार नवराज भट्टराई र पथरीकी पत्रकार एलिना दियालीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५ हजार १ रुपैयाँ रहेको छ ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, प्रेस युनियन सुनसरीका अध्यक्ष पवनविवश अधिकारीले समेत मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर