भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने - JamarkoOnline

भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने

काठमाडौं, ६ साउन..
कोरोना संक्रमण जोखिमको जोखिम नियनत्रणका क्रममा बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि भदौ १ बाट खुल्ने भएको छ ।
यथास्थितीको लकडाउनलाई अझ खुकुलो बनाउँदै सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन् । उनले भने ’अहिलेका लागि हामीले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेका छौं। यसबारेमा पर्यटन मन्त्रालयले उडान प्रोटोकल तयार पार्नेछ, ।’
पर्यटन मन्त्रालयले उडान सुरू गर्न सकिने रायसहितको अध्ययन प्रतिवेदन तयार पारेको थियो । विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै उडान सुरू गर्न सकिने मन्त्रालयको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो ।
नागरिक उड्डन प्राधिकरणले कोरोनापछिको उडान सञ्चालनका लागि एयरपोर्ट, एयरलाइन्स तथा यात्रुका लागि नियमहरू बनाइसकेको छ ।
अन्तर्राष्ट्रिय तर्फका सबै देश र गन्तव्यमा भने उडान एकैपटक हुने सम्भावना नभइ उडान हुने दुवै देशका समान नीति र निर्णयका आधारमा मात्र उडान हुने भएकाले सबैतिर एकैपटक उडान हुनसक्ने सम्भावना भनें छैन । सम्बन्धित देशको अध्यागमन र एयरलाइन्सको नीतिका आधारमा अन्तर्राष्ट्रिय उडान सुरू हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रष्ट्याएका छन् । काठमाडौं–दिल्ली रूटमा उडान गर्न पनि भारत सरकारको अध्यागमन नीति तथा सो रुटमा उडान गर्ने एयरलाइन्सको तयारीमा भर पर्नेछ ।
सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गराएको थियो ।

सम्बन्धित खवर