असक्तको घर घरमा सामाजिक सुरक्षा भत्ता - JamarkoOnline

असक्तको घर घरमा सामाजिक सुरक्षा भत्ता

पथरीशनिश्चरे, २ साउन..
मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्त ा लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पुर्याइदिने व्यवस्था गरेका छन् ।
यस क्रममा वडा नम्वर १० ले आर्थिक वर्ष ०७६÷७७ को अन्तिम चौमासिक भत्ता देव विकास बैंकका कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको हो । असक्तहरुका लागि यस अघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको १० नम्वर वडाकी कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्यले बताइन् ।

सम्बन्धित खवर