पथरीशनिश्चरेमा भोली अनलाइन नाटक र नृत्य प्रतियोगिताको फाइनल - JamarkoOnline

पथरीशनिश्चरेमा भोली अनलाइन नाटक र नृत्य प्रतियोगिताको फाइनल

पथरीशनिश्चरे, २८ असार..
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा पहिलो पटक देशव्यापी खुला अनलाइन नाटक प्रतियोगिताका साथै नगरमै पहिलो नगरस्तरीय अनलाइन एकल लोकनृत्य प्रतियोगिताको भोली फाइनल प्रतिष्पर्धा हुने भएको छ ।
नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरले नाटक र प्रवद्र्धन समितिबाटै नृत्य प्रतियोगिता सञ्चालन गरेको हो । भोली एभरेष्ट बोर्डिङ स्कुलमा उत्कृष्ठ ५ मा पर्न सफल दुवै विधाका भिडियोहरु प्रस्तुत गर्दै निर्णायकबाट पहिलो, दोस्रो र तेस्रो चुनिने छन् ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा उनकै कृतिमाथि बनाइएको १० मिनटसम्मको नाटकको भिडियो प्रतियोगिताका लागि असार २५ सम्म नाटक पठाइसक्नुपर्ने प्रावधान बनाइएको थियो । नृत्य २७ गतेसम्म पठाइसक्नुपर्ने प्रावधान थियो । प्रतियोगितामा २९ वटा नाटक र १९ वटा नृत्य समावेश भएका छन् ।
प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने थिएटर निर्देशक जीवन बरालले जनाए ।
२ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद तथा प्रशिक्षण प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए ।

सम्बन्धित खवर