पथरीशनिश्चरेमा अनलाइन नाटक र नृत्य प्रतियोगिता - JamarkoOnline

पथरीशनिश्चरेमा अनलाइन नाटक र नृत्य प्रतियोगिता

पथरीशनिश्चरे, २५ असार..
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा पहिलो पटक देशव्यापी खुला अनलाइन नाटक प्रतियोगिताका साथै नगरमै पहिलो नगरस्तरीय अनलाइन लोकनृत्य प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरले नाटक र प्रवद्र्धन समितिबाटै नृत्य प्रतियोगिता हुँदैछ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा उनकै कृतिमाथि बनाइएको १० मिनटसम्मको नाटकको भिडियो प्रतियोगिताका लागि असार २५ सम्म नाटक पठाइसक्नुपर्ने र २९ गते फाइनल गरिने थिएटर निर्देशक जीवन बरालले जनाए । प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने छ ।
२ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद तथा प्रशिक्षण प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए । उनले असार २७ गतेसम्म आएका नृत्यलाई छानिने प्रावधान बनाएको बताए । उत्कृष्ठ ५ नाटक र ५ भिडियोलाई फाइनल राउण्डमा प्रस्तुत गराई एउटै कार्यक्रममार्फत निर्णायक बनाइने छ ।

सम्बन्धित खवर