भारतीय सञ्चारमाध्यमको भ्रामक समाचार विरुद्ध पत्रकार महासंघ - JamarkoOnline

भारतीय सञ्चारमाध्यमको भ्रामक समाचार विरुद्ध पत्रकार महासंघ

काठमाडौं, २५ असार…
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले दिएको भ्रमपूर्ण समाचारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ ।
महासंघका महासचिव रमेश बिष्टले आज एक विज्ञपित जारी गर्दै जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै महासंघमार्फत प्रतिवाद गरेका छन् ।
भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल पत्रकार महासंघ भारतीय सञ्चारमाध्यमको यसखाले अनर्गल र बकवासपूर्ण प्रचाररप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न महासंघले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । जी न्यूजले चिनियाँ राजदुत यान्छीलाई विषकन्या भन्दै प्रधानमन्त्री ओलीसँग जोडेर भ्रामक समाचार सम्प्रेषण गरेको थियो ।

सम्बन्धित खवर