सोमबारे बजारको टहरा निर्माण - JamarkoOnline

सोमबारे बजारको टहरा निर्माण

पथरीशनिश्चरे, २१ असार..
मोरङको पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारको हाट लाग्नेस्थलमा नयाँ टहरा निर्माण कार्य सम्पन्न भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की सांसद कृष्णकुमारी राईको अगुवाईमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँको लागतमा ५२ मिटर लम्वाई र १२ फुट चौडाईको टहरा निर्माण सम्पन्न भएको हो ।
२ वटा ब्लकका रुपमा रहेको टहराको भूँइ ढलान सहित ट्रष्ट र त्यसमा रंगीन जस्तापाता लगाइएको सोमबारे बजार व्यवस्थापन समितिका अध्यक्ष नवीनजंग कार्कीले जनाए ।

सम्बन्धित खवर