पथरीशनिश्चरेका नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान - JamarkoOnline

पथरीशनिश्चरेका नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान

पथरीशनिश्चरे, १८ असार..
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत धमलाले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिएका छन् ।
नगर प्रहरीका कमाण्डर असई सानबहादुर साम्सोहाङले मातहतका नगर प्रहरीलाई निर्देशन सहित प्रतिवद्धता जाहेर गरेका छन् ।
असई साम्सोहाङ र हवल्दार बलबहादुर गौतमका साथै नवनियुक्तहरु प्रहरी हवल्दार सामुयल धिमाल, प्रहरी जवान विष्णु धमला, इन्द्रमणि सुवेदी, संजय परियार र प्रतिमा दर्जी नेपालीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

सम्बन्धित खवर