कालोपत्रेको योजनामा लापरवाही ठहर, काममा नगरको रोक - JamarkoOnline

कालोपत्रेको योजनामा लापरवाही ठहर, काममा नगरको रोक

पथरीशनिश्चरे, १५ असार..
मोरङको पथरी शनिश्चरे ७ स्थित पथरी डाइनिया सडक अन्तर्गतको सम्झना चौकदेखि मायालुचोकसम्मको कालोपत्रे कार्यमा लापरवाही भएको भन्दै नगरपालिका कार्यालयले काममा रोक लगाएको छ ।
प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट थालिएको कालोपत्रेको काम लापरवाहीपूर्वक भएको भन्दै नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको अनुगमन् समितिले आज अनुगमन्का क्रममा तत्काललाई काममा रोक लगाएर सम्झौता बमोजिमको गुणस्तरीय काम गर्न सुझाव दिएको छ ।
७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल समेतका जनप्रतिनिधिको पनि उपस्थिती रहेको थियो ।
सम्झना चौकदेखि मायालुचोकसम्मको ७ सय मिटर लम्वाईमा कालोपत्रेका लागि प्रारम्भिक चरणको काम थालिएको भएपनि पहिलेको उप्किएर बाँकी रहेको कालोपत्रे नै नउप्काई त्यसैमाथि गिट्टी हालिएको पाइएको छ । वल्र्ड ट्रेड कन्ट्रक्सन् दमक झापाले ठेक्का लिएको सडकको ‘स्केरीफाई’ नगरेको, सव बेस नगरी बेसको मापदण्ड विपरितको गिट्टी प्रयोग गरेको तथा ग्रेडिङ समेत नगरी काम थालिएको पाइएको समेत उल्लेख छ ।
अन्य योजना समेत अनुगमन् …..
उपप्रमुख वास्तोलाको अगुवाईको टोलीले सांसद भानुभक्त ढकालमार्फतको निर्वाचन क्षेत्र विकास कार्यक्रम क्षेत्र नम्वर ३ को ६५ लाख रुपैयाँमा १ नम्वर वडाको पथरी बहुमुखी क्याम्पसको भवनको तला निर्माण कार्यको अनुगमन् गरेको छ ।
त्यस्तै, प्रदेश सरकारको १४ लाख रुपैयाँमा २ नम्बर वडाको सुनझोडाखोलादेखि नारायणचोकसम्मको बाटोमा सम्पन्न साढे ५ मिटर चौडाई र १ हजार १ सय मिटर लम्वाईको ग्राभेल कार्यको पनि अनुगमन् भएको छ ।
२ नम्वर वडामा ३ नम्वर क्षेत्रका सांसद सूयर्माराज राईमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँको लागतमा पाडा पालन फर्मको भौतिक विकास योजनाको अनुगमन् पनि गरिएको छ । चौतारी बहुउद्धेश्यीय कृषि समूह अन्तर्गत पाडापालन, वाख्रा पालन र कुखुरा पालन परियोजनाको भौतिक निर्माण कार्य भएको हो ।

सम्बन्धित खवर