पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक - JamarkoOnline

पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

 

पथरीशनिश्चरे, ११ असार..
मोरङको पथरी शनिश्चरे नगरले आर्थिक वर्ष ०७७÷७८ का लागि पारित नीति, कार्यक्रम तथा बजेटका बारेमा आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै वडाध्यक्ष, विषयगत कर्मचारी सहितको उपस्थितीमा नगर प्रवक्ता यामप्रसाद गुरागाईंले एक विज्ञप्ति जारी गरी हिजो सातौं नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेटबारे जानकारी गराए ।
नगर प्रमुख राईले पत्रकारहरुको जिज्ञासामाथि प्रट्याउने क्रममा सवै पक्षको सहकार्यमा नगरको चौतर्फी विकास गर्न सकिने भन्दै निष्पक्ष खबरदारी गर्नका लागि पत्रकारहरुलाई आव्हान समेत गरे ।
कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
नगरसभामा, उपप्रमुख वास्तोलाले नीति र कार्यक्रम सहित ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । जसमा २ करोडको आन्तरिक आम्दामीको लक्ष्य राखिएको छ । यसका साथै राजस्व वाँढफाँडबाट १२ करोड ९७ लाख ३७ हजार ७ सय ७०, संघीय सरकारबाट ४६ करोड ४९ लाख, प्रदेश सरकारबाट ९६ लाख ५५ हजार ८ सय ६६ प्रदेशको निर्वाचन विकास कार्यक्रमबाट २ करोड ५० लाख र वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट १ करोड रकम प्राप्त हुने उल्लेख छ ।
खर्चतर्फ, ११ करोड ६६ लाख २८ हजार ५ सय रुपैयाँ चालु खर्च र १० वडाका लागि प्रति वडा ७५ लाखका दरले ७ करोड ५० लाख रुपैयाँ वडागत सिलिङमा छुट्याइएको छ ।

सम्बन्धित खवर