उर्लाबारीको ६८ करोड, पथरीशनिश्चरेको ६६ करोड बजेट - JamarkoOnline

उर्लाबारीको ६८ करोड, पथरीशनिश्चरेको ६६ करोड बजेट

पथरीशनिश्चरे, १० असार…
मोरङको उर्लावारी नगरपालिकाले ६८ करोड र पथरी शनिश्चरे नगरपालिकाले ६६ करोड बढीको बजेट बनाएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको सभाध्यक्षतामा आज सम्पन्न पथरी शनिश्चरेको सातौं नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् ।
नगरसभामा, उपप्रमुख वास्तोलाले नीति र कार्यक्रम सहित ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँको बजेट प्रस्तुत गरिन् । नगरसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट सम्वन्धी विस्तृत विवरण भनें भोली पत्रकार सम्मेलनमार्फत जानकारी गराइने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
आजै उर्लावारी नगरको नगरसभाले उपप्रमुख लक्ष्मीदेवी भण्डारीमार्फत ६८ करोड ७७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । नीति, कार्यक्रम र बजेटमाथि भोलीदेखि छलफल सुरु हुनेछ ।
सो अवसरमा, विकास पत्रकारिता पुरस्कारबाट मिलन के राउत र सक्रिय पत्रकारिता पुरस्कारबाट किशोर श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

सम्बन्धित खवर