नगरसभाका लागि नीति, कार्यक्रम र बजेट तयार - JamarkoOnline

नगरसभाका लागि नीति, कार्यक्रम र बजेट तयार

पथरीशनिश्चरे, ७ असार…
मोरङको पथरी शनिश्चरे नगर पालिकाले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेटको खाका तय गरेको छ ।
आज नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित गरेको छ । पारित नीति, कार्यक्रम तथा बजेट आगामी असार १० गते हुने नगरसभामा पेश गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
६ वटा विषयगत समितिपछि योजना तर्जुमा समिति हुँदै कार्यपालिकाबाट पारित नीति, कार्यक्रम तथा बजेट आगामी असार १० गते हुने नगरसभामा पेश गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । १० वडा रहेको नगरमा प्रति वडा ७५ लाखको दरले वडागत बजेट सिलिङ तोकिएको छ ।

सम्बन्धित खवर