योजना तय गर्दै योजना तर्जुमा समिति - JamarkoOnline

योजना तय गर्दै योजना तर्जुमा समिति

पथरीशनिश्चरे, ५ असार..
मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट तय गर्न योजना तर्जुमा समितिले छलफल अघि बढाएको छ ।
यसक्रममा आज नगर उपप्रमुख एवम् योजना तर्जुमा समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षता र नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा बसेको समितिको बैठकले ६ वटा विषयगत समितिबाट आएका नीति, कार्यक्रम तथा बजेटका बारेमा छलफल अघि बढाएको हो ।
समितिको भोली समेत बैठक बसी प्रस्तावित नीति, कार्यक्रम तथा बजेटका बारेमा निर्णय गरी कार्यपालिका बैठकमा पठाइने समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् । १० गते बस्ने नगरसभामा नीति, कार्यक्रम तथा बजेट पारित गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर