विषयगत समितिका विषयमाथि छलफल जारी - JamarkoOnline

विषयगत समितिका विषयमाथि छलफल जारी

पथरीशनिश्चरे, १ असार…
मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज ५ वटा विषयगत समितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा ६ वटा विषयगत समितिमध्ये ५ वटाको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । भौतिक पूर्वाधार समितिका संयोजक बाबुराम एङ्देन, विधायन समिति संयोजक डम्बरबहादुर चेम्जोङ, सार्वजनिक सुशासन तथा क्षमता विकास समिति संयोजक जयबहादुर तामाङ, वातावरण संरक्षण तथा विपद व्यवस्थापन समिति संयोजक भानुभक्त राई र आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईंले समितिले बनाएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कपिलमणि ढकाल संयोजक रहेको सामाजिक विकास समितिको योजनामाथि भोली छलफल हुनेछ ।

सम्बन्धित खवर