सरिता गिरी संसदबाट निस्कासित - JamarkoOnline

सरिता गिरी संसदबाट निस्कासित

काठमाडौं, १ असार..
पार्टीको निर्णय विपरित राष्ट्रियतामाथि आँच आउने गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) ले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्यबाट निस्कासित गरेको छ ।
राजपाले आज गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसदबाट हटाएको जनाएको छ । लिपुलेक, कालापानी सहित नेपाली भूमि समेटिएको नक्सा प्रकाशित गर्ने सवालमा संविधान संशोधन गर्ने कार्यमा गिरी पार्टीको निर्णय विपरीत प्रस्तुत भएको ठहर गर्दै कारवाही गरेको हो । पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्सा कार्यान्वयनको लागि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दे ह्विप जारी गरेको थियोे ।
पार्टीले प्रस्ताव फितार्न नलिए कार्बाही गर्ने चेतावनी समेत दिएको अवस्थामा गिरी भने पार्टीको निर्णय र चेतावनीलाई बेवास्ता गर्दै संविधान संशोधनको विपक्षमै अडिग भएकी थिइन् । शनिबार प्रतिनिधिसभामा संविधान संशोधनको लागि मतदान हुँदा गिरी संसदबाट बाहिरिएकी थिइन् ।

सम्बन्धित खवर