पूर्व विद्यार्थी कार्कीको पहलमा बुद्ध माविलाई ५ करोड - JamarkoOnline

पूर्व विद्यार्थी कार्कीको पहलमा बुद्ध माविलाई ५ करोड

पथरीशनिश्चरे, ३० जेठ…
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित बुद्ध माध्यामिक विद्यालयको भवन निर्माणका लागि संघीय सरकारबाट क्रमागतरुपमा ५ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ ।
सोही विद्यालयका पूर्व विद्यार्थी रहेर हाल समाजसेवाको क्षेत्रमा सक्रिय नवीनजङ्ग कार्कीको पहलमा त्यसखाले कार्यक्रम आएको हो । कार्कीको विशेष पहलमा आगामी आर्थिक बर्षको लागि बहुबर्षीय योजना अन्तरगत भवन निर्माणका लागि संघीय सरकारको तर्फबाट विशेष अनुदान स्वरुप १ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको विद्यालय ब्यबस्थापन समितिका सदस्य तेजिन्द्र पाण्डे (रमेश) ले जनाए ।
सुबिधायुक्त भवनको अभाव ब्यहोरीरहेको विद्यालयले सो योजना लागू भएपछि भने निकै ठूलो उपलब्धी हासिल गर्ने विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले बताए । सो विद्यालय २०२४ सालमा स्थापना भएको हो ।
यस योजनाको पहलका लागि युवा समाजसेवी नवीन जङ्ग कार्कीको नेतृत्वमा गत माग ९ गते प्रधानाध्यापक बोधराज सिग्देल र युवा नेता सन्तोष वान्तवाको टोली संघीय राजधानी काठमाण्डौ गएको थियो । टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा लगायतलाई भेटी विद्यालय भवनको समस्या दर्शाएपछि भवनका लागि बजेट तय भएको हो ।

सम्बन्धित खवर