हरियाली वनबाट कोरोना भाइरस विरुद्ध नगद र काठ सहयोग - JamarkoOnline

हरियाली वनबाट कोरोना भाइरस विरुद्ध नगद र काठ सहयोग

पथरी शनिश्चरे, २९ जेठ
मोरङको पथरी शनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा कोरोना भाइरस विरुद्ध लड्ने सहयोगका लागि १ लाख २५ हजार २५ रुपैयाँ र २० वटा खाट प्रदान गरेको छ ।
समूहका अध्यक्ष काबुलबहादुर मगरले नगर प्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राईलाई रकमको चेक र खाट हस्तान्तरण गर्नुभयो ।
पथरी शनिश्चरे नगरपालिकाले भारत सहितका देशबाट घर फर्किएका नगरवासीका लागि राख्न पथरी बहुमुखी क्याम्पसमा खडा गरेको क्वारेन्टिनका लागि खाट र सोही क्वारेन्टिनको व्यवस्थापनका लागि नगद प्रदान भएको हो । ३२ क्यूविक काठबाट २० वटा खाट निर्माण गरिएको छ । सो वन समूह चालु आर्थिक वर्षका लागि गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल समूह हो ।

सम्बन्धित खवर