आज ३३४ कोरोना संक्रमित - JamarkoOnline

आज ३३४ कोरोना संक्रमित

पथरीशनिश्चरे, २२ जेठ..
नेपालमा आज एकैदिन सवैभन्दा बढी ३ सय ३४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ३ सय ३४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले ३३४ जना थपिएसँगै कुल संख्या २ हजार ६३४ पुगेको र हालसम्म २ सय ९० जना डिस्चार्ज भएको जनाए ।
संक्रमणबाट १० जनाको ज्यान गएको उल्लेख छ ।

सम्बन्धित खवर