जयनन्द चन्द ठकुरीको निधन - JamarkoOnline

जयनन्द चन्द ठकुरीको निधन

काठमाडौँ, १८ जेठ..
बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा आज निधन भएको छ ।
लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिइ सुगर लगायतको रोग समेतले ग्रसित उनको काठमाडौंस्थित आफ्नै घर बागडोलमा बिहान ११ बजेर २० मिनेटमा निधन भएको हो । आफ्नी छोरीकासाथमा रहँदै आएका कलाकार ठकुरीको आजै पशुपति आर्यघाटको विद्युतीय शव गृहमा अन्त्येष्टी गरिएको छ ।
‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अङ्गरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका १ सय बढी चलचित्रमा उनले अभिनय गरेका छन् । ठकुरीले केही सिरियलमा समेत काम गरेका छन् ।

सम्बन्धित खवर