होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व  - JamarkoOnline

होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व 

 

डा खगेन्द्र ओली

होमियोप्याथी ग्रिक शब्द हो। यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ। यो विश्वको दोस्रो ठूलो र सबभन्दा नवीनतम् प्राकृतिक र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो।

यसमा विशेषतः लक्षणको आधारमा बिरामीलाई उपचार गरिन्छ। जस्तैः सिन्कोना अफिसिनालिस भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वस्थ मानिसलाई ज्वरो लगायत अन्य स्वास्थ्य समस्या आउँछन् र त्यही वनस्पतिको सूक्ष्म मात्रालाई शक्तीकृत गरेर प्रयोग गर्दा उक्त ज्वरो लगायत सम्पूर्ण स्वास्थ्य समस्या निको भएर जान्छन्।

आजभन्दा २ सय २४ वर्ष पहिले अर्थात् सन् १७९६ मा यो जर्मनीका आधुनिक चिकित्सक डा क्रिश्चियन फ्रेडरिक सामुएल हैनिमेनले प्रतिपादन गरेको उपचार पद्धति हो। यो उपचार पद्धतिद्वारा उपचार गराउँदा कुनै पनि प्रकारको कुप्रभाव (साइड इफेक्ट) पर्दैन। किनभने कुनै पनि औषधीय वस्तुमा हुने सूक्ष्म (टिनी) औषधीय तत्वलाई मात्र लिएर शक्तीकृत गरी यसको औषधि तयार गरिन्छ। यो सूक्ष्म औषधिले शरीरलाई निको बनाउने प्रक्रिया (हिलिङ्ग प्रोसेस)लाई उत्तेजना (स्टिमुलेट) गर्छ र त्यसले शरीरको जीवन शक्ति (भाइटल फोर्स) वृद्धि गर्न थाल्छ र शरीरले रोग आफैं निको बनाउँछ।

होमियोप्याथिक उपचार गराउँदा बिरामीको शारीरिक, मानसिक र भावनात्मक लक्षणहरु समेत लिएर उपचार गराउने भएकाले मानिस शारीरिक, मानसिक र आत्मिक रुपमा पूर्ण रुपले ठिक हुन्छ। त्यसैले यसलाई समग्र (होलस्टिक) उपचार पनि भनिन्छ।

त्यसैले गर्दा यसमा यो रोग र त्यो रोगको उपचार भन्ने नै हँुदैन। सम्पूर्ण शरीरको नै उपचार हुन्छ। शरीर निको हुनु भनेको सम्पूर्ण रुपमा रोगहरु निको हुनु हो। शरीरमा यस विधिबाट सबै प्रकार, सबै उमेर र सबै लिङ्गका मानिसको उपचार सरल ढंगबाट गर्न सकिन्छ। यदि औषधि सेवनले कुनै बिरामी निको नभएमा पनि यी औषधिले शरीरमा कुनै ठूलो हानि भने गर्दैन।

विश्वमा होमियोप्याथी चिकित्सा पद्धतिको अवस्था
जर्मन चिकित्सक सर हेनिमेनको अन्वेषण, अनुसन्धसान र प्रयोगबाट विश्वव्यापीकरण हुँदै गएको तत्कालीन जर्मनी चिकित्सा पद्धतिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति होमियोप्याथी हो। मेटाबोलिक सिद्धान्तका आधारमा औषधि अन्वेषण र अनुसन्धान हुने पद्धति नै यसको मूलस्रोत मानिन्छ।

जैविक रसायन समेतको रसायनिक प्रतिक्रियाबाट औषधि निर्माण गर्ने पद्धति छ। यसको औषधि विश्वका प्रायः सबै देशमा होमियोप्याथिक सेवा सञ्चालनमा छ। करिब ८० वटा देशमा यसलाई स्वास्थ्य नीतिमा राखेर उपचार गराइरहेका छन्। युरोपका ४० देशमा यसको प्रभाव ज्यादा छ। त्यसैगरी मेरिका, बेलायत, स्वीट्जरल्यान्ड, ब्राजिल, चिली, मेक्सिको, पाकिस्तान, श्रीलंका, भारत लगायतका देशहरुमा होमियोप्याथीलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ।

विश्व २०० मिलियन मानिस निरन्तर रुपमा होमियोप्याथिक उपचार गराइरन्छन्। भारतमा मात्र १४५ वटा होमियोप्याथिक मेडिकल कलेज र २ लाखभन्दा बढी होमियोप्याथिक रजिष्टर चिकित्सक छन्। स्वास्थ्य क्षेत्रमा भारतमा होमियोप्याथीले महत्वपूर्ण योगदान गरेको छ। आयुष मन्त्रालय अन्तर्गत होमियोप्याथिक, आयुर्वेदिक, युनानी, सिद्धा, योग र प्राकृतिक चिकित्सालाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरिएको छ।

नेपालको अवस्था 
नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको सुरुवात जर्मनीबाट भारत आएका होमियोप्याथिक चिकित्सकहरुबाट राणा शासनकालमा नै भएको देखिन्छ। नेपालमा पहिलो होमियोप्याथिक उपचार गर्ने व्यक्ति खुसबहादुर थापा हुन्। उनी भेटनरी डाक्टर थिए। उनलाई होमियोप्याथी सम्बन्धी थोरै मात्रामा ज्ञान थियो। त्यसैको भरमा उनले उपचार गरेका प्रमाणहरु छन्।

प्रथम पटक निजी क्षेत्रबाट डाक्टर पुस्कल शर्माले सञ्चालन गरेको पशुपति होमियो चिकित्सालय २००७ सालमा स्थापना भई उपचार सेवा दिएका थिए। त्यही अस्पताल अहिले नेपाल सरकारद्वारा सञ्चालित एक मात्र होमियोप्याथिक अस्पताल हो। जो ललितपुर पुल्चोकको हरिहरभवनमा स्थापित छ।

हाल आएर नेपालभरि लगभग १५ वटा जति निःशुल्क होमियोप्याथिक वितरण गर्ने क्लिनिक छन्। जुन विभिन्न संघ, संस्थाद्वारा सञ्चालित छन्। देशभरि निजी क्षेत्रबाट सञ्चालन भएका ५०० जतिको हाराहारीमा निजी क्लिनिक छन्। नेपालमा होमियोप्याथिक उपचार पद्धतिका क्षेत्रमा संस्थागत रुपमा काम गर्ने नेपाल होमियोप्याथिक संगठन लगायतका थुप्रै संघ, संस्था छन्। त्यसमध्ये अल नेपाल होमियोप्याथिक एसोसिएसन पनि संस्थागत छ। नेपालमा एक मात्र होमियोप्याथिक चिकित्सा विद्यालय हाल बन्द अवस्थामा छ। यसको सञ्चालन प्रक्रियामा कानुनी र केही भौतिक समस्याका कारण सञ्चालनमा आएको छैन।

अहिले प्रदेश नम्बर १ सरकारमा स्वयंसेवक चिकित्सकका रुपमा ३ जना चिकित्सक र एक जना सहायक चिकित्सक करारमा छन्।

सन् २०३० बाट एन्टिबायोटिकले काम गर्दैन 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अब सन् २०३० बाट एन्टिबायोटिकले काम गर्दैन। यसबाट धेरै एलोपेथिक औषधिहरुबाट उपचार गराउने बानी परेका मानिसलाई विकराल समस्या आउन सक्छ। त्यसैले सरकारले एलोपेथिक चिकित्सालाई मात्र स्वास्थ्य क्षेत्रको लगभग ९७ प्रतिशत बजेट खर्च गरेर अन्य चिकित्सा पद्धतिलाई बेवास्ता गरेको कारणले गर्दा कोरोनाको कहरबाट बच्न अन्य चिकित्सा पद्धतिहरु कम मात्रामा प्रयोगमा आए। यो सबै जनताले थाहा पाएको कुरा हो। यहाँ कस्तो विकराल र पक्षपाती स्वास्थ्य नीतिको स्थिति छ भन्ने कुरा प्रष्ट हुन्छ।

त्यसैले अब होमियोप्याथी पद्धति सस्तो, भरपर्दो, कुप्रभाव (साइट इफेक्ट) नभएको सरल र शरीरको समग्र उपचार गर्ने पद्धतिलाई नेपालको आफ्नो चिकित्सा पद्धति बनाउन जरुरी छ। किनकी यो नेपालको गरिब नागरिकले पनि प्रयोग गर्न सक्ने आर्थिक, सामाजिक, भौगोलिक र नेपालको माटो सुहाउँदो पद्धति हो। त्यसैले अब सबै स्थानीय तहहरुका सरकारी अस्पतालमा एउटा होमियोप्याथिक यूनिट राखेर उपचार सेवा दिन जरुरी छ।

राज्यको दायित्व
होमियोप्याथिक चिकित्सा पद्धतिको विश्वव्यापीकरणका साथसाथै नेपालमा पनि यो उपचार पद्धतिबाट लाभ प्राप्त गर्ने अनगिन्ती बिरामी रहे पनि नेपाल सरकारले यो उपचार पद्धतिलाई सरकारी मान्यता प्रदान व्यापक रुपमा वैकल्पिक चिकित्सा पद्धितको रुपमा विकास गर्नु पर्ने देखिन्छ। यो पद्धतिबाट उपचारित मानिसहरुको शरीरमा एलोप्याथिक उपचार पद्धतिको जस्तो प्रतिक्रिया नदिने भएको हुँदा यो उपचार पद्धति बढी प्रभावकारी छ भन्ने देखिन्छ।

सस्तो उपचार पद्धति नै यसको मूल आधार हो। यसले रोग प्रतिरोध गर्ने मात्र नभई रोग निदान गर्ने क्षमता राख्छ भन्ने भनाइ छ। यसर्थमा नेपाल सरकारले मुलुकभरि भएका होमीयोप्याथिक चिकित्सा क्लिनिक, अस्पताल र यसमा भएको लगानी र उपचारपछि बिरामीको अवस्था समेतको अध्ययन अनुसन्धान गरी वैधानिकता र अवसर प्रदान गर्न जरुरत छ। सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने नेपाल नागरिकको हकलाई सुनिश्चित गर्नेतर्फ यसले सामान्य टेवा पु¥याउन सक्छ।

विश्वमा माहामारी फैलिँदा होमियोप्याथिकले उक्त महामारीलाई रोक्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणका रुपमा सन् १९१८ मा भएको स्पेनिस फ्लुलाई होमियोप्याथिक औषधिले नै नियन्त्रणमा लिएको थियो। त्यसैगरी प्लेग र कोलेरा रोगको महामारीलाई पनि होमियोप्याथिकले नियन्त्रणमा लिएको थियो। अहिलेको कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको अवस्थामा होमियोप्याथी कारगर (प्रभावकारी) छ। ब्रिटिस राजकुमार चाल्र्सलाई कोभिड–१९ हुँदा होमियोप्याथिक चिकित्साले नै निको बनाएको कुरा बिबिसी न्यूज च्यानलले बताइसकेको छ।

अब होमियोप्याथिकको अध्ययन र अनुसन्धानको दायरा बढाउन कति पनि कन्जुस्याईं गर्नु हुन्न। यो पवित्र कार्यमा सम्पूर्ण बुद्धिजीवी, नागरिक समाज, सर्वसाधारण नागरिक, उपभोक्ता, राजनीतिक दलहरु सम्पूर्णले सरकारलाई यस्तो महत्वपूर्ण विषयको प्रचार–प्रसार, प्रोत्साहन र उपचारका कार्यक्रमहरु सञ्चालनका लागि दबाब दिन जरुरी छ।

यसो गरेमा एन्टिबायोटिकले काम नगरेको (फेल) भएको अवस्था र विभिन्न भाइरसको उपचारमा एलोप्याथिकले काम नगरेको अवस्थामा एलोप्याथिक इतरका चिकित्सकहरुले राज्यको बिग्रँदो स्वास्थ्य अवस्थालाई काबुमा राख्न सक्छन् र स्वास्थ्य क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुन्छ। यसले स्वास्थ्य क्षेत्रलाई निक्कै उचाइमा पुर्‍याउन सक्छ भन्ने आशा गर्न सकिन्छ।

साभार ः स्वास्थ्यखबर

सम्बन्धित खवर