गीतकार रत्नशमसेर थापाको निधन - JamarkoOnline

गीतकार रत्नशमसेर थापाको निधन

काठमाडौँ, १५ जेठ..
नेपालका ख्यातिप्राप्त गीतकार रत्नशम्शेर थापाको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।
गएराती अकस्मात विरामी परेर नर्भिक अस्पताल पुर्याइएका उनको आज दिउँसो १२ बजे सो अस्पतालमा उपचारका क्रममा निधन भएको संगीतकार महेश खड्काले जनाए । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।
थापाको घुम्तीमा नआऊ है, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग(लम्क(चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

सम्बन्धित खवर