एभरेष्टको कोरोना सन्देश पेन्टिङ - JamarkoOnline

एभरेष्टको कोरोना सन्देश पेन्टिङ

पथरीशनिश्चरे, ११ जेठ..
मोरङको पथरी शनिश्चरेस्थित एभरेष्ट आर्टस् फ्युजनको ११ औँ स्थापना दिवसका अवसरमा कोरोना भाइरसबाट बच्ने सचेतनाका लागि सडकमा पेन्टिङ बनाएको छ ।
अन्य स्थापना दिवशमा सन्देशमुलक वाल पेन्टिङ गर्दै आएको संस्थाले यो वर्ष कोरोनाबाट जोगाउने सन्देशमा सडकमा पेन्टिङ गरेर फरकपन प्रस्तुत गरेको हो ।
संस्थाले पथरीशनिश्चरे १ स्थित पथरी बजारको पशुपतिचौक र यलम्बरचौकमा ‘हामी तपाईंहरूका लागि काममा छौँ, तपाईं हाम्रो लागि घरमै सुरक्षित रहनुहोला’ सामाजिक दुरी कायम गरौँ भन्ने स्लोगन् राख्दै सडकमा पेन्टिङ गरिएको संस्थाका अध्यक्ष निश्चल सुवेदीले बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् फयूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीको अगुवाईमा अत्यावश्यकीय सामान किन्न आउनेहरुका लागि थप सचेत हुन मद्धत पुग्ने उद्धेश्यले कालोपत्रे सडकमा कोरोना सचेतनाको पेन्टिङ गरिएको छ ।
खड्गीका साथै फ्यूजनका स्रष्टाहरु भरत तामाङ, धनबहादुर लिम्बु, बुद्धिमान धिमाल, साकार खड्गी, भीम पुरी र सञ्जीत श्रेष्ठले आकर्षक पेन्टिङ बनाएका हुन् ।

सम्बन्धित खवर