विराटनगरका २ र धनकुटाका १ मा कोरोना - JamarkoOnline

विराटनगरका २ र धनकुटाका १ मा कोरोना

 

विराटनगर, ४ जेठ ..
प्रदेश १ मा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको मुख्यमन्त्रीको कार्यलय प्रदेश नं. १ ले आज जनाएको छ । अद्यावधिक विवरण अनुसार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार सो पुष्टि भएको उल्लेख छ ।
यो संगै प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरुको संख्या ३९ पुगेको छ । प्रदेश १ मा हालसम्म १७ जना निको भएको छन।

सम्बन्धित खवर