६ जना कोरोना विरामी निको भएर डिस्चार्ज - JamarkoOnline

६ जना कोरोना विरामी निको भएर डिस्चार्ज

विराटनगर, २४ बैशाख ..
कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ ।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज बिहान कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।
उनीहरुलाई विराटनगर १४ को रानी मर्कजमा राखिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले जनाइन् ।
विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका हुन् ।

२ जनामा पुनः पीसीआर पोजेटिभ……
नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।
वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । थियो । दुई जनामध्ये एक जना दिल्ली निवासी र अर्का रौतहटका हुन् । ती दुवै पहिले र अहिलेसमेत कोरोनाको कुनै लक्षण नदेखिएका बिरामी हुन् । ‘उहाँहरूलाई पुनस् संक्रमण भएको हुन सक्छ तर यस्तो हुने सम्भावना शून्यप्रायस् छ । शरीरमा मृत्यु भएको भाइरसको अंश देखिँदा पीसीआर रिपोर्ट पोजिटिभ आएको पनि हुन सक्छ ।’ अस्पतालका डा. नीरज सिंहले भने ।

सम्बन्धित खवर