नेपालगञ्जमा थप ७ मा कोरोना, संक्रमितको संख्या ८२ पुग्यो - JamarkoOnline

नेपालगञ्जमा थप ७ मा कोरोना, संक्रमितको संख्या ८२ पुग्यो

पथरीशनिश्चरे, २३ बैशाख..
बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ४ महिला र ३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाए ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको उल्लेख छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए भनें त्यहाँ संक्रमितको संख्या २२ पुगेको छ । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सम्बन्धित खवर