मंगलबारे अस्पतालमा ‘पीपीई बुथ’ - JamarkoOnline

मंगलबारे अस्पतालमा ‘पीपीई बुथ’

 

पथरीशनिश्चरे, १९ बैशाख ..
मोरङ्को उर्लाबारी नगरपालिका –३ स्थित मंगलबार अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गरिने बुथ आज राखिएको हो ।
चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखि स्वाब संकलन र विरामी जाँचमा बुथले ठूलो सहयोग मिल्ने मंगलबारे अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डा. योगश कुमार मण्डलले बताए ।
स्वाब संकलन गरेपछि अस्पतालले परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा र धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने छ ।

सम्बन्धित खवर