‘बसुधैव कुटुम्बकम्बकम’लाई आत्मसाथ गर्न अनुरोध - JamarkoOnline

‘बसुधैव कुटुम्बकम्बकम’लाई आत्मसाथ गर्न अनुरोध

 

दमक, २० चैत…
विश्व हिन्दु महासंघले महासंघको स्थापना दिवश तथा हिन्दु एकता दिवशको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गर्नुका साथै कोरोना भाइरसबाट जोगिन सवैमा आव्हान समेत गरेको छ ।
महासंघकी महासचिव अस्मिता भण्डारीले झापाको दमकबाट महासंघकोतर्फबाट विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनले कार्यक्रम गर्न सम्भव नभएको जनाएकी छन् । उनले हिन्दुहरुको ओमकार परिवारभित्र पर्ने वैदिक ,जैन,बौद्ध, सिख, नागा सहित सम्पूर्णमा “बसुधैव कुटुम्बकम्बकम्“ को अवधारणा सर्वत्र विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिइन् ।
वि.सं. २०३७ चैत २९ गते स्थापना भएको महासंघको प्रसंग उल्लेख गर्दै
विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी संगठित तुल्याउन एवं सनातन हिन्दु संस्कृतिद्वारा प्रतिपादित “बसुधैव कुटुम्बकम्बकम्“ भन्ने आदर्शलाई अंगाल्नु आवश्यक रहेको उल्लेख छ । उनले आजको दिनबाट सामाजिक सद्भाव , साँस्कृतिक एकता र धार्मिक सहिष्णुता कायम राख्दै अगाडि बढ्ने प्रेरणा हामीलाई मिलोस् भन्ने रामनवमी पर्वको समेत सन्दर्भमा मनोकामना व्यक्त गरेको उल्लेख गरेकी छन् । कोरोनाको लकडाउनमा घरभित्रै वस्न सवैमा अनुरोध समेत गरिएको छ ।

साभार तस्वीर ः कान्तिपुर हटलाइन

सम्बन्धित खवर