घरभित्रै बस्न आव्हान सहित अनुगमन् जारी - JamarkoOnline

घरभित्रै बस्न आव्हान सहित अनुगमन् जारी

पथरीशनिश्चरे, १६ चैत..
कोरोना भाइरसबाट वच्ने सचेतना दिँदै घर भित्रै वस्न आब्हान गरी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा आज पनि अनुगमन् गरेको छ ।
नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गरिरहेको छ । यसक्रममा औषधि र अत्यावश्यक खाद्यान्नका लागि सुरक्षित रुपमा १ जना बाहेक सामान्य अवस्थामा कोहीपनि बाहिर ननिस्किन जानकारी गराउँदै खाद्यान्नको सहज उपलब्धताको समेत अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।
नगरको अनुगमन् टोलीले आज विभिन्न वडामा अनुगमन् गर्दै सडकमा हिडिरहेकाहरुलाई कडा चेतावनीका साथ घरभित्र बस्न लगाएको छ । यस क्रममा वडा नम्वर ५ मा भेला भएर क्यारेमबोर्ड खेल्ने, वडा नम्वर २ मा लुँडो खेल्नेहरुलाई खेल खेल्न बन्द गराइएको छ । नगर सुरक्षाकर्मी सहितको टोलीले १ थान लुँडोको बोर्ड समेत बरामद गरेको छ ।
अनुगमन्मा भेटिएका मास्क नभएको अवस्थाका ज्येष्ठ र आर्थिक विपन्नलाई मास्क समेत वितरण गरिएको छ । आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यान दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ ।
संघीय सरकारको निर्णय अनुरुप पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले पनि आज संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ ।
८ नम्वरमा समिति गठन…..
नगरको वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहालको अध्यक्षतामा आज बसेको सर्वदीय बैठकले ८ नम्बर वडामा कोरोना रोकथाम तथा श्रमजीवी मजदुर परिवार तथा विपन्न बर्गलाई राहत वितरण गर्नका लागि समिति गठन गरिएको छ । जसको संयोजकमा वडाध्यक्ष बाबुराम दहाल, सदस्यमा नेपाल कम्यूनिष्ट पार्टीबाट नवीनजंग कार्की, नेपाली कांग्रेसबाट ख्यामबहादुर खड्का, क्रान्तिकारी माओवादीबाट सुरेन्द्र चापागाईंलाई चयन गरिएको छ ।
बैठकले, वडाभित्र नयाँ मानिसको प्रवेशलाई गणना गर्ने र अभिलेख बनाइ होम क्वारेन्टाइनमा बस्न लगाउने, लकडाउनलाई अझ शसक्त बनाउन तथा बाहिरबाट प्रबेश गरेका मानिसको बारेमा जानकारी लिनकालागि र स्वयंसेवकको रुपमा खटाउन ८ नम्बर वडालाइ १० भागमा विभाजन गरेर प्रत्येक भागमा २,२ जनाको समूह निर्माण गरिने निर्णय भएको छ । यसका साथै, १ घर १ हातधुने साबुन वितरण अभियान तुरुन्तै सुचारु गर्ने सहितको निर्णय भएको वडाध्यक्ष दहालले जनाए ।
विहान र बेलुका अत्यावश्यक खाद्यान्न पसल खुल्ने…
कोरोना भाइरसबाट वच्ने सचेतनाका साथ पथरीशनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समयका लागि खोल्न आव्हान गरिएको छ ।
संघीय सरकारको निर्णय अनुरुप पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले पनि आज संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सोही अनुसार माइकिङ थालिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाए । आज विहानको समयमा सूचना प्रवाह गर्न ढिलो भएकाले वेलुकादेखि पसल खुलाउने र वितरणको व्यवस्थापन गरिने उनले बताए ।
अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर बालबालिका र ज्येष्ठ बाहेकका घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ । आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यानमा दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ ।
यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।
यसैबीच, अत्यावश्यक पर्ने बैंकिङ सेवा समेत सुरक्षित रुपमा २ घण्टा सञ्चालनको आवश्यकता महसुस गर्दै पथरीमा रहेको एनएमबी, कामना बैंक सहित आज २ घण्टा खुला गरिएको छ । नगरका खाद्यान्नका केही पसल र सब्जी पसलहरु सञ्चालनमा छन् । साँझ सब्जी तथा खाद्यान्न पसलमा मानिसहरुको चहलपहल देखिएको छ । पसलेहरुले ग्लोब र सेनिटाइजर प्रयोग गरी टाढैबाट सामान प्रदान गरेका छन् । केही पसलेले ग्लोब र सेनिटाइजर प्रयोग नगरेको समेत पाइएको छ ।
शरणार्थीमा मास्कको समस्या ः
पथरीशनिश्चरे १० मा रहेका भूटानी शरणार्थीमा मास्कको अभाव देखिएको छ । त्यहाँ मास्क वितरणका लागि नगरपालिका कार्यालयले पहल गर्न आफुहरुले जानकारी गराइएको स्थानीय समाजसेवी प्रेम ढकालले वताए । त्यहाँ रहेका करीव १५ सय शरणार्थी रहेका छन् । सो कुरा जानकारी पाएर पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले व्यक्तिगत रुपमा १ सय थान मास्क शिविरमा पठाएका छन् । शरणार्थीहरुको राहत पनि कटौटी भएको र रोजगारीमा जान नपाउँदा खाद्यान्नको समस्या हुन थालेको छ । शरणार्थी सहित वडाहरुका ज्यालादारी गर्ने श्रमिकहरुको लगत संकलन गर्ने काम पनि केही वडाले अघि बढाएका छन् । राष्ट्यि युवा संघले ज्यालादारी गर्नेहरुका लागि खाद्यान्न संकलन कार्य अघि बढाएको केन्द्रीय सदस्य विजय डाँगीले जनाए । नेकपाको १० नम्वर वडा कमिटीले हालसम्म ३ हजार १ सय थान मास्क आफैं तयार गरी वडावासीमा वितरण गरेको छ ।

सम्बन्धित खवर